नेपाली कांग्रेस १४औँ महाधिवेशनमा उम्मेद्वारी मनोनयन दर्ता सुरु भएको छ। शनिबार बिहान १० बजेबाट सुरु भएको मनोनयन साँझ ५ बजेसम्म रहने कांग्रेसले जनाएको छ।
कांग्रेसले सभापति पदका लागि मनोनयन दर्ता गर्न ३० हजार शुल्क तोकेको छ। उपसभापति र महामन्त्रीका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ।
सहमहामन्त्रीका लागि भने १५ हजार शुल्क तोकिएको कांग्रेसले जनाएको छ। केन्द्रीय सदस्यमा उठ्न चाहने उम्मेद्वारले १० हजार शुल्क बुझाउनु पर्नेछ।





























प्रतिक्रिया