गायक श्रेष्ठ राप्रपामा प्रवेश

गायक श्रेष्ठ राप्रपामा प्रवेश

केन्द्रबिन्दु
0
Shares

गायक सञ्जय श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले गायक श्रेष्ठलाई पार्टीमा प्रवेश गराएका हुन् । 

अध्यक्ष लिङ्देनले विभिन्न समयमा पार्टीमा आएको फुटका कारण यत्रतत्र छरिएका नेता तथा कार्यकर्तालाई पार्टीमा फर्कन आग्रह गर्दै लोकप्रिय गायक श्रेष्ठले पार्टीभित्र विभिन्न राजनीतिक अभियान सञ्चालन गरी सङ्गठनलाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

विसं २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा गायक श्रेष्ठ तत्कालीन राप्रपा नेपालबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ६ बाट उम्मेदवार थिए  उनी सो पार्टी परित्याग गरी निस्कृय बसेका थिए । नेता सुन्दर पाण्डेका अनुसार अर्का गायक कविन्द्र श्रेष्ठ पनि उक्त पार्टीमा प्रवेश गरेका छन् । उनले विभिन्न धार्मिक संस्थाका प्रतिनिधिलाई समेत प्रवेश गराउनका लागि गृहकार्य भइरहेको बताए ।

विसं २०७६ फागुन २८ मा तत्कालीन राप्रपासँग राप्रपा संयुक्तको एकता भएपछि पहिलोपटक एकता अधिवेशन हालै सम्पन्न गरेको सो पार्टीले समान विचार भएका पार्टी तथा समूहलाई एकताबद्ध गर्न महामन्त्री धवलशम्शेर राणाको संयोजकत्वमा समिति गठन गरेको छ । 

Skip This
Skip This
Logo