खाँण, कार्की र लेखकद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

खाँण, कार्की र लेखकद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य, खुलाका लागि नेपाली कांग्रेसका नेताहरु बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र रमेश लेखकले उम्मेदवारी दर्ता गराएका छन् । 

खाँण हाल गृहमन्त्री, कार्की सञ्चार तथा सूचना प्रविधिमन्त्री छन् । उनीहरुले केहीबेरअघि केन्द्रीय सदस्य, खुलाका लागि उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसको महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता गराउनेक्रम जारी छ ।

केही समयमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आगामी कार्यकालको सभापति पदका लागि उम्मेदवारी दर्ता गराउन लागेको महाधिवेशनस्थल भृकुटीमण्डपबाट जानकारी प्राप्त भएको छ । 

Logo