कांग्रेसको शुक्रवारदेखि काठमाडौंमा सुरु भएको १४ औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूलाई स्वादिलो खानाको व्यवस्थापन भृकुटीमण्डप स्थित पार्कमा गरेको छ । महाधिवेशनमा सहभागी हुने प्रत्येक प्रतिनिधिलाई हरेक छाक फरक स्वादका परिकार पस्कन अनुपम फुडल्याण्ड र दियालो फुडल्याण्डले खाना खुवाउने सम्झौता नेपाली कांग्रेस सँग गरेको छ । कांग्रेसले महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरूलाई एक जना व्यक्ति बराबर प्रत्येक दिन १२ सय रुपैयाँ बराबरको खाना तथा खाजा खान खुवाउने व्यवस्था गरेको छ । कांग्रेसले महाधिवेशन अवधिभर ३० हजार जनाले खाना खाने अनुमान गर्दै सोही अनुसारको खानेकुराको अर्डर गरेको छ ।
बिहानको खाना बेलुका मिसाउने र बेलुकाको खाना बिहान पनि हुने भन्ने गुनासो आउनेका गरेको कारण पनि प्रत्येक छाकमा फरक परिकारको खाना राखिएको कांग्रेस प्रचार विभागले जनाएको छ ।
खानामा प्रत्येक दिन खसीको मासु, माछा अनिवार्य रहने छ । बेलुकाको खानामा भने कुखुराको मासु र माछाको परिकार व्यवस्था गरिएको छ । २६ गते लोकल कुखुराको मासुको व्यवस्था हुनेछ । यस्तै बिहानको खाजाका लागि कुनै दिन चना, अण्डा, जाम पाउरोटी र चिया कफीको व्यवस्था गरिएको छ । कुनै दिन हलुवा पुरी तरकारीको व्यवस्था गरिएको छ । कुनै दिनका लागि आलु परौठाको पनि व्यवस्था गरिएको छ ।
कांग्रेसको महाधिवेशन अवधिमा महाधिवेशन प्रतिनिधिलाई मात्र नभई अन्य सहभागीका लागि पनि खानाको व्यवस्था गरिएको छ । ४६ सय प्रतिनिधि, सुरक्षाकर्मी, स्वयंसेवक तथा सञ्चारकर्मीका लागि पनि खाना खुवाइन छ ।
खाना बनाउनका लागि सेफ ५० जना र ७० जना वेटरको व्यवस्था गरिएको छ । यस्तै ३० जना सरसफाइका लागि खटिएका छन् । किचेनको सुरक्षाका लागि दियोलो फुडल्याण्डकै तर्फबाट ६ जना सुरक्षाकर्मीको पनि व्यवस्था गरिएको छ ।































प्रतिक्रिया