नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति सदस्यका लागि निर्वाचन हुँदैछ।
शुक्रबारबाट सुरु भएको महाधिवेशनमा सोमबार १३ पदाधिकारीसहित १३४ नयाँ कार्यसमिति सदस्य चयनका लागि निर्वाचन हुन लागेको हो। सोमबार बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ।
समितिका अनुसार भृकुटीमण्डप ५१४ र राष्ट्रियसभा गृह र पुलिस क्लबमा ३०० बुथ निर्माण भइरहेको छ। ८१४ बुथबाट सोमबार ४७ सयभन्दा बढी प्रतिनिधिले कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति सदस्य चयनका लागि मतदान गर्नेछन्।





























प्रतिक्रिया