कांग्रेस महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान सुरु

कांग्रेस महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान सुरु

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको १४औं महाधिवेशनको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ। सोमबार बिहान ८ बजेदेखि मतदानको कार्यतालिका भए पनि साढे तीन घन्टापछि सुरु हुन लागेको हो। 

निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले मतदान सुरु गर्न मतपत्र मतदातालाई बाँड्न थालिएको न्युज कारखानालाई जानकारी दिए। साँझ ५ बजेसम्म मतदान गरिसक्ने कार्यतालिका छ।

कांग्रेस महाधिवेशन प्रतिनिधि सोमबार बिहानैदेखि राष्ट्रिय सभा गृह, महेन्द्र पुलिस क्लब र भृकुटीमण्डपमा आ-आफ्नो प्रदेशका लागि छुट्याइएको बुथमा लामबद्ध भएका थिए। 

अहिले विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरू प्रतिनिधिसँग भोट माग्न व्यस्त छन् । कांग्रेस महाधिवेशनमा ४७ सय बढी प्रतिनिधि सहभागी छन्। 

Logo