कांग्रेस महाधिवेशन: चुनावी ब्रोसरले ढाक्यो प्रदर्शनी मार्ग

कांग्रेस महाधिवेशन: चुनावी ब्रोसरले ढाक्यो प्रदर्शनी मार्ग

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भइरहेको छ। भृकुटीमण्डप, राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदान भइरहेको हाे।  

१३ पदाधिकारीसहित १३४ सदस्य केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ। शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको दौडमा छन्। 

उनीहरुको चुनावी प्रसारप्रचारमा प्रयोग गरिएको ब्रोसरसहितका कागजले प्रदर्शनी मार्ग ढाकेको छ। भुइँनै ढाकिने गरी प्रचारप्रसारमा प्रयोग गरिएका ब्रोसरसहितका कागज छरिएका छन्। 

Logo