नेकपा (माओवादी केन्द्र)को लुम्बिनी प्रदेशकाे सम्मेलन सकिए पनि अझै नयाँ नेतृत्वको टुंगो लाग्न सकेकाे छैन । २५३ सदस्यीय प्रदेश कमिटीका लागि सम्मेलनले २१७ जनाको नाम टुंगो लगाएको थियो। तर, बाँकी पदाधिकारीकाे विषयमा सहमति नजुट्दा नयाँ नेतृत्व नै चयन हुन सकेकाे छैन।
तीमध्ये ११ जना विभिन्न क्लस्टरका लागि छुट्टयाइएको माओवादी प्रदेश कमिटी सदस्य बुद्धि जिसीले जानकारी दिए। ती ११ जना भने मनोनित गर्ने व्यवस्था छ।
लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराल र तुल्सीराम पुनले दाबी गरेका हुन् । बराल लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकारमा सामाजिक विकासमन्त्री थिए । पुन भने पार्टीको दाङ जिल्ला संयोजक हुन् ।
यसअघि दावी गरेका प्रदेश सांसदद्वय दिपेन्द्र पुन र दावा शर्मा तथा नेता जगप्रसाद शर्मा र डोरप्रसाद उपाध्याय भने पछि हटेका छन् ।
उपाध्यक्ष, सचिव लगायतका पदमा पनि सहमति जुट्न सकेकाे छैन।





























प्रतिक्रिया