प्रदेश-२ सरकारले अध्यादेशमार्फत् ल्याएको दुईवटा विद्येयक प्रदेश सभा सचिवालयमा पठाएको छ। कृषि विश्वविद्यालय र प्राविधिक विश्वविद्यालय सम्बन्धी विद्येयक प्रदेश सभा सचिवालयमा सोमबार पठाएको छ।
लामो समयदेखि प्रदेश सभा नचलेको अवस्थामा प्रदेश सरकारले अध्यादेश मार्फत् सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय र वीरगञ्जमा प्राविधिक विश्वविद्यालय सञ्चालन सम्बन्धी अध्यादेश ल्याएको थियो। प्रदेश सभाको बैठक २९ गतेलाई आह्वान भएसँगै प्रदेश सरकारले उक्त अध्यादेशलाई प्रदेश सभा सचिवालयमा पठाएको हो।
अध्यादेश जारी भएपछि प्रदेश सभाको पहिलो बैठकमै उक्त अध्यादेश टुबुल गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
अध्यादेश मार्फत् ल्याइएको कानुन प्रदेश सभाबाट पारित भएमा ६ महिनासम्म मात्रै उक्त कानुन कार्यान्वय रहने छ। सरकारलाई उक्त कानुनलाई दीर्घकालिन रुपमा लागू गराउन प्रतिस्थान विद्येयक प्रदेश सभाबाट पारित गराउनुपर्ने प्रावधान रहेको छ।
त्यसैगरि, प्रदेश सरकारले अध्यादेशबाट ल्याएको उक्त विद्येयक सभाबाट पारित नभएको खण्डमा ७ दिनभित्रै उक्त कानुन स्वत: खारेज हुने कानुनी प्रवधान रहेको प्रदेश सभा सचिवालय सचिव रंजित यादवले बताए। प्रदेश सरकारले कृषि विश्वविद्यालयको लागि उपकुलपति समेत नियुक्त गरिसकेको छ।




















