नेपाली कांग्रेसकाे २४औँ महाधिवेशनमा सभापति पदकाे नतिजामा शेरबहादुर देउवाले बहुमत पुर्याउन नसकेपछि उनका निकटस्थ नेता बालकृष्ण खाण नेता प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारी पुगेका छन्।
सभापतिका लागि पहिलाे चरणमा पाँचमध्ये कुनै पनि उम्मेद्वारले बहुमत ल्याउन नसकेपछि देउवा र शेखर काेइरालाबीच चुनाव हुने भएसँगै गृहमन्त्रीसमेत रहेका खाण सिंहलाई भेट्न पुगेका हुन्। सिंह पनि सभापतिकाे दाैडमा थिए। तर, उनी पहिलाे चरणबाट बाहिरिएका छन्।
खाण देउवा प्यानलबाट उपसभापतिका उम्मेद्वार हुन्। सभापतिबाहेक पदाधिकारीकाे मतगणना बाँकी रहेकाे छ।





























प्रतिक्रिया