कांग्रेसमा सभापतिका लागि देउवा र कोइरालाबीच आजै चुनावको तयारी

कांग्रेसमा सभापतिका लागि देउवा र कोइरालाबीच आजै चुनावको तयारी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच आजै चुनाव हुने भएको छ। 

सभापतिका पाँच उम्मेदवार रहे पनि पहिलो चरणमा कसैले पनि बहुमत पुर्‍याउन नसकेपछि पहिलो र दोस्रोमा रहेका क्रमशः देउवा र कोइरालाबीच दाेस्राे चरणमा चुनाव हुने भएको हो।

कांग्रेस निर्वाचन समितिका निर्वाचन अधिकृत एगराज पोखरेलले दोस्रो चरणको मतदानका लागि छलफल सुरु गरिएको बताए। मतदानका लागि आवश्यक पर्ने मतपत्र छपाइएको काम पनि तत्काल सुरु हुने उनले बताए ।

आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार देउवाले ८३ मत पुर्याउन नसक्दा दोस्रो चरणको चुनाव तय भएको हो। 

Logo