कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

केन्द्रबिन्दु
0
Shares

संघीय संसदअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ। 

नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मंगलबार दिउँसो २ बजेबाट संसदको १०औँ अधिवेशन सुरु हुने भएपछि बैठक सञ्चालनसहित कार्यसूचीका विषयमा छलफल गर्न समितिको बैठक बसिरहेको हो। 

प्रमुख प्रतिपक्षी दल एमालेले संसद बैठक अवरोध गर्ने रणनीति बनाइरहँदा समितिको बैठक पनि बसिरहेको हो। 

सरकारको सिफारिसमा १६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २८ मंसिर दिउँसो २ बजे बैठक बस्ने गरी संसदको १०औँ अधिवेशन आह्वान गरेकी हुन् । 

मंगलबार दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा पेस गर्ने कार्यसूचीबारे छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेकाे छ।

Skip This
Skip This
Logo