सभापतिको पुनःमतदानमा हालसम्म दुई हजार १०० खस्यो

सभापतिको पुनःमतदानमा हालसम्म दुई हजार १०० खस्यो

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको पुनःनिर्वाचनको मतदान जारी छ ।

साँझ ६ः३० बजेसम्म दुई हजार १०० मत खसेको निर्वाचन अधिकृत तेजबहादुर रावलले जानकरी दिए । प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा भइरहेको छ । राष्ट्रियसभा गृहमा कायम रहेको मतदान केन्द्रमा मतदाताका लागि मत सङ्केत गर्न छ स्थानबाट व्यवस्था भइरहेको छ ।

सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधानअनुसार सभापति पदका लागि पुनःनिर्वाचन भएकोे हो ।

कांग्रेस विधान अनुसार सभापतिका लागि ५० प्रतिशत मत कटाउनु पर्ने हुन्छ । यदि ५० प्रतिशत नकटेमा पहिलो र दोस्रो हुने उम्मेदवारबीच दोस्रो चरणमा चुनाव हुने व्यवस्था रहेकाे छ ।

सोमबार भएको चुनावमा सभापतिका लागि कुल  ४ हजार ६८१ मत खसेको थियो । जसमा ७६ मत बदर भएको थियो ।  मतपरिणाम अनुसार देउवाले २ हजार २५८ अर्थात ४८.२३ प्रतिशत मत प्राप्त गरेका थिए ।

Skip This
Skip This
Logo