नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले आगामी आम निर्वाचनमा पार्टीलाई एक बनाएर लैजाने बताएका छन् ।
बुधबार नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेता महतले आगामी आम निर्वाचनमा पार्टीलाई एक बनाएर लैजानसक्ने खुबीका कारण सभापतिमा देउवाले जितेको बताउँदै देउवाले सबै नेताहरुलाई जोड्न सक्ने र कसैलाई पनि असुरक्षाको अनुभूति हुन नदिने बताए । सभापति देउवाको यो दोस्रो कार्यकालमा पार्टीलाई आधुनिक, सुदृढ, विस्तारित र गतिशील पार्टीको रुपमा निर्माण गर्ने उनको भनाई छ ।
उनले भने – ‘उहाँलाई जसरी समग्र पार्टी पंक्तिले समर्थन ग¥यो यसबाट पनि के जायर हुन्छ भने उहाँ सबै नेताहरुलाई जोड्न सक्नुहुन्छ । कसैलाई पनि असुरक्षाको अनुभुति हुने परिस्थिति आउँदैन भन्ने विश्वासले नै सबैले उहाँलाई सहयोग पनि गर्नुभयो । समर्थन पनि गर्नुभयो । मलाई के कुरामा विश्वास छ भने हाम्रो अर्जुन दृष्टि भनेको आउने आम निर्वाचन, आउने निर्वाचनमा पार्टीलाई एक बनाएर लानसक्ने जुन उहाँको खुबि छ, त्यो नै उहाँको दोस्रो कार्यकालमा निर्वाचित हुनुको मुल कारण हो भन्ने मलाई लागेको छ । र उहाँको दोस्रो कार्यकाल हामी एउटा स्ट्र«ोङ टिमवर्क गरेर यो पार्टीलाई आधुनिक, सुदृढ, विस्तारित, जनताकेन्द्रीत, देशकेन्द्रीत, देशको स्वार्थ र आवश्यकताकेन्द्रीत पार्टीको रुपमा एउटा गतिशील पार्टी हामी निर्माण गर्छौ । उहाँ सबैलाई व्यवस्थापन गर्नुहुन्छ । शेरबहादुरजीको मुल खुबी नै व्यवस्थापन गर्नसक्ने उहाँको खुबी हो ।’
पार्टी सभापतिमा दोस्रो पटक निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना व्यक्त गर्न प्रधानमन्त्री निवास बालुवाटारमा भिड लागेको छ । नेता, कार्यकर्ताहरुले प्रधानमन्त्री देउवालाई भेटेर बधाई तथा शुभकामना दिइरहेका छन् । देउवालाई बधाई दिन बालुवाटार पुगेका नेपाली कांग्रेसका नेता अब्दुल सतारले प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पार्टीलाई दुई तिहाई बहुमत दिलाउनका लागि पार्टीलाई एकताबद्ध बनाएर लैजाने विश्वास व्यक्त गरेका छन् । आगामी दिनमा पार्टी सशक्त भएर अगाडी बढ्ने उनको विश्वास छ ।





























प्रतिक्रिया