काँग्रेस केन्दीय समितिकाे बैठक असोज १९ गते

काँग्रेस केन्दीय समितिकाे बैठक असोज १९ गते

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असोज १९ गते सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालयले कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण बैठक अगाडि पिसिआर परीक्षणको व्यवस्था पार्टी केन्द्रीय कार्यालयले गरेको हुँदा पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य एवं आमन्त्रित केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालयका कर्मचारीलाई अनिवार्य रुपमा असोज १५ गते पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ ।

Logo