वार्ता र संवादमार्फत त्रिविका समस्या समाधान गर्न नेविसङ्घको माग

वार्ता र संवादमार्फत त्रिविका समस्या समाधान गर्न नेविसङ्घको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले वार्ता र संवादमार्फत त्रिभुवन विश्व विद्यालयमा देखिएको समस्या समाधान गर्न माग गरेको छ ।

नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ती जारी गरी विश्व विद्यालयभित्र देखिएको समस्या वार्ता र सम्वादमार्फत समाधान गर्नुपर्ने बताएका हुन् । “शैक्षिक सुधारका लागि त्रिविसँग कुनै योजना छैन, शैक्षिक सुधारका लागि विद्यार्थीले आन्दोलन गर्न खोजे झुठा मुद्धा लगाएर प्रहरी दमन गरिन्छ”, उनले भने । अध्यक्ष ढुङ्गानाले विश्व विद्यालयभित्र दैनिक प्रहरीको प्रवेश आपत्तीजनक भएको बताए। सरकारले शैक्षिक क्षेत्रमा प्रहरी हस्तक्षेप बन्द गर्नुपर्ने उनको भनाइ छ ।

नेविसङ्घका महामन्त्री दिपक भट्टराईले त्रिविमा प्रहरी उपस्थित गराएर विद्यार्थी र प्राध्यापकलाई आतङ्कित पार्ने काम भएको भन्दै त्यसलाई तत्काल रोक्नुपर्ने बताए। विश्वविद्यालयले विद्यार्थीले राखेको जायज मागलाई तत्काल सम्बोधन गर्नुपर्ने उनको भनाई थियो । महामन्त्री भट्टराईले नेविसङ्घले विगतमा त्रिविका बेथिति अन्त्य गर्न आवाज उठाउँदै ज्ञापन पत्र दिएपनि ज्ञापनपत्रको सुनुवाई नभएको बताए।

Skip This
Skip This
Logo