३५ खुल्ला केन्द्रीय सदस्यको मतगणनामा ११ मा शेखरपक्षको अग्रता

३५ खुल्ला केन्द्रीय सदस्यको मतगणनामा ११ मा शेखरपक्षको अग्रता

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको जारी खुल्ला तर्फका केन्द्रीय सदस्यको मतगणनामा शेखर कोइराला पक्षका ३५ मध्ये ११ जना जनाले अग्रता बनाइरहेका छन्। 

शनिबार पार्टी कार्यालय सानेपामा जारी मतगणनामा सभापतिमा पराजित कोइराला पक्षका ११ जना ३५ जनाभित्र रहेका हुन्। यद्यपी मतगणना जारी रहेको छ। 

शेखर पक्षका उम्मेदवार शशांक कोइराला शीर्ष स्थानमा छन् । उनलाई शेरबहादुर देउवापक्षले पनि आफ्नो उम्मेदवार बनाएको थियो । त्यस्तै शेखरपक्षका अर्जुननरसिंह केसी ५८६ मतसहित आठौं स्थानमा रहेका छन् ।

यस्तै, डा रामशरण महत ५२९ मतसहित १३औं स्थानमा रहेका छन् । दिलेन्द्र बडु ५१३ मतसहित १८औं, दीपक गिरी ४६२ मतसहित २१औं र डा गोविन्द पोखरेल ३६४ मतसहित २७औं स्थानमा रहेका छन्। अजयबाबु सिवाकोटी, गणेश लामा, दिनेश कोइराला, वीरेन्द्र कनोडिया र सञ्जय गौतमले ३५६ मत ल्याएका छन् । सिवाकोटी, कोइराला र गौतम शेखरपक्षका हुन्। 

केन्द्रीय सदस्य खुल्लातर्फ ३५ पदका ९९ जना प्रतिस्पर्धामा छन्।

Skip This
Skip This
Logo