बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरू

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरू

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सुरु भएको छ।

चार बजे बोलाइएको सर्वदलीय बैठकअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको हो। गठबन्धनले सर्वदलीय बैठकमा प्रस्तुत गर्ने साझा धारणा बनाउन बैठक बसेको नेताहरुले बताएका छन्।

संसदको गतिरोध हटाउन र एमसीसी लगायत राष्ट्रिय मुद्दामा सहमति तथा साझा धारणा तय गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपराह्न ४ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन्। 

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली भने सहभागी नहुने भएका छन्।  

फाइल फाेटाे

Logo