खुल्ला केन्द्रीय सदस्यमा देउवाको वर्चश्व, कोइराला पक्षका ९ जनाले जिते

खुल्ला केन्द्रीय सदस्यमा देउवाको वर्चश्व, कोइराला पक्षका ९ जनाले जिते

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले कब्जा जमाएको छ।

३५ जना निर्वाचित हुने खुल्ला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन्। 

शशांक कोइराला भने देउवा र शेखर दुवै पक्षमा थिए।  शनिबारबाट थालिएको मतगणना आइतबार साँझ सकिएको हो ।
 
शशांक पहिलो नम्बरमा

नेपाली कांग्रेसको खुल्ला तर्फका केन्द्रीय सदस्यको मतगणना सकिएको छ। शनिबारदेखि थालिएको ३५ जना निर्वाचित हुने खुल्ला केन्द्रीय सदस्यको गणना केहीबेर अघि मात्र सकिएको हो।  

खुल्ला केन्द्रीय सदस्यमा सबैभन्दा बढी डा. शशांक कोइरालाले मत पाएका छन्। यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की लगायतले बढी मत पाएका छन्। 

Logo