सर्लाहीमा दुई दिनसम्म चलेकाे नेकपा (माओवादी केन्द्र) प्रदेश २ को सम्मेलनले प्रदेश कमिटी नै चयन गर्न सकेकाे छैन। लालबन्दीमा दुई दिनसम्म चलेको सम्मेलनले २६४ सदस्यीय प्रदेश कमिटी निर्धारण गरे पनि नयाँ नेतृत्व चयन गर्न नसकेकाे हाे।
लामो छलफलबाटसमेत नेतृत्व चयनमा सहमति नजुट्दा आइतबार राति बन्द सत्र सकिएकाे छ।
माओवादी प्रदेश २ कमिटी संयोजक प्रलाह्द बुढाथोकीका अनुसार जिल्लाका क्रियाशिल सदस्य संख्या, पार्टीबाट निर्वाचित जनप्रतिनिधि संख्याका आधारमा प्रदेश कमिटीको पदाधिकारी कोटा ताेकिएकाे हाे।
माओवादी सर्लाही इन्चार्ज अच्युतम काफ्लेका अनुसार २५ पुसमा कर्जन्हामा हुन लागेको जयगोविन्द साह स्मृति सभाकाे अवसरमा नयाँ कमिटी चयनका लागि नाम घोषणा गर्ने तयारी छ। प्राप्त पदाधिकारीको नाम माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले घोषणा गर्नेछन्।































प्रतिक्रिया