विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले आफ्नो पार्टी तराईमा फैलिँदै गएको जिकिर गरेका छन्।
बाराको कलैया वडा नं ४, वडा नं २६ र करैयामाइ गाउँपालिकाको समिति विस्तार तथा जिल्ला संयोजक डा. सुशील शाहलाई वधाई तथा शुभकामना दिँदै उनले यस्तो जिकिर गरेका हुन्।
मिश्रले संघिय व्यवस्थाको खारेजी र धर्म निरपेक्षताबारे जनताको राय लिनु पर्ने बताउँदै भने, 'जे गरे पनि यो देशमा सरकारी वेतनधारीको युनियन खारेज नगरी कसैले भ्रष्टाचार नियन्त्रण र सुशासन दिन सक्दैन। त्यो काम हामीले मात्र गर्न सक्छौँ।'
दलीय पेशागत संगठन खारेज नगरी, बार एसोसिएशन र सर्वोच्च अदालत राजनीतिकरणबाट बच्न सक्दैन। त्यो काम पनि हामीले मात्र गर्न सक्छौँ। यो देशमा निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको सुनिश्चितता कसैले गर्न सक्दैनन्। हामीले मात्र सक्छौँ।
मिश्र पछिल्लो समय पार्टीको संगठन विस्तारमा ब्यस्त छन्।





























प्रतिक्रिया