नेपाली कांग्रेसको खुल्लातर्फको महिला केन्द्रीय सदस्यमा आरजु राणा देउवा डेढ सय मतले पछाडि परेकी छन्।
९ खुल्ला महिला केन्द्रीय सदस्यको जारी मतगणनामा पहिलो स्थानबाट आरजु १५२ मतले पछाडि छिन्। हाल तेस्रो स्थानमा रहेकी आरजुले मतान्तर घटाउँदै लगेकी छन्।
दिउँसो साढे ३ बजेसम्म २०६५ मत गनिसक्दा आरजुले १११६ मत पाएकी छन् । उनीभन्दा डेढ सय मतले डा. डिला संग्रौला १२६८ मतसहित पहिलो स्थानमा छिन् ।
डिलाभन्दा ७२ मतले पछाडि पुष्पा भुसाल ११९६ मतसहित दोस्रो स्थानमा छिन्।
चौथों स्थानमा रहेकी अम्बिका बस्नेतको ९९८ मत रहेको छ। ईश्वरी न्यौपाने ९८५ मतसहित पाँचौं स्थानमा रहेकी छन्। छैंटौं स्थानमा रहेकी सरिता प्रसाईंले ९४९ मत पाएका छन्। सातौं स्थानमा रमा कोइरालाले ८१३, आठौंमा रहेकी सुशीला ढकालले ७९४ र नवौं स्थानमा रहेकी रंगमती शाहीले ७८० र दशौं स्थानमा रहेकी अनिता देवकोटाले ७७४ मत पाएकी छन्।
खुल्लातर्फको महिला केन्द्रीय सदस्यको मतगणना आइतबार रातिदेखि सुरु भए पनि बीचमा स्थगित भई सोमबार बिहानदेखि मात्रै पुनः गणना भइरहेको छ।





























प्रतिक्रिया