नेपाली कांग्रेसको खुल्ला महिला केन्द्रीय सदस्यको मतगणना जारी रहेको छ। पार्टी कार्यालय सानेपामा जारी मतगणनामा डिला संग्रौलाले अग्रता बनाइरहेकी छन्।
३८५० मत गणना हुँदा उनले २४१४ मत पाएकी छन्। दोस्रो नम्बरमा पुष्पा भुसालले २२९२, सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले २१३९, अम्बिका बस्नेतले १९४६, ईश्वरी न्यौपानेले १८७७, सरिता प्रसाईंले १७१६, रमा कोइरालाले १५७२, सुशीला ढकालले १५२३ र रंगमती शाहीले १५२३ मत ल्याउँदै शीर्ष ९ भित्र पर्न सफल भएका छन् ।
खुल्ला महिला केन्द्रीय सदस्यमा ३० जना उम्मेद्वार रहेका छन्। जसमध्ये ९ जना विजयी हुनेछन्।































प्रतिक्रिया