नेपाल बार एसोसिएनको करिब दुई महिना लामो आन्दोलनका कारण सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ प्रभावित भएको छ। सर्वोच्च अदालतमा करिब ढेड महिना सर्वोच्च अदालतका न्यायाधीश र बार दुवैको आन्दोलनले सुनुवाइ प्रभावित भएको थियो। गत मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकिएपछि सर्वोच्च अदालतका न्यायाधीश काममा फर्किए पनि बारको आन्दोलन नरोकिँदा मुद्दाको सुनुवाइमा प्रभाव परेको छ।
सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार कानून व्यवसायीको आन्दोलनका कारण १० बजेदेखि १२ बजेसम्मको कानून व्यवसायी इजलासमा नपुग्दा सुनुवाइ प्रभावित भएको छ। सर्वोच्च अदालतमा गत कात्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफका साथै सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गरेका थिए। बन्दी र निवेदनका मुद्दाबाहेक अरु मुद्दामा सुनुवाइ हुन सकेको थिएन।
गत मङ्सिर १९ गतेदेखि सर्वोच्च अदालतका न्यायाधीश पूर्णरूपमा इजलासमा बसेर सुनुवाइ गरे तर कानून व्यवसायीको आन्दोलनका कारण पूर्णसुनुवाइमा प्रभाव परेको छ। न्यायालय सुदृढीकरणको आन्दोलनमा लागेको बारको मागअनुसार गोला प्रक्रियाबाट पेसी व्यवस्थापन प्रारम्भ भए पनि बारले पूर्णरूपमा आन्दोलन रोकेको छैन।





























प्रतिक्रिया