प्रधानमन्त्री देउवाले भाषण गर्दा गर्दै ‘नो एमसीसी’को प्लेकार्ड देखाउने काे हुन्?

प्रधानमन्त्री देउवाले भाषण गर्दा गर्दै ‘नो एमसीसी’को प्लेकार्ड देखाउने काे हुन्?

केन्द्रबिन्दु
0
Shares

मंगलबार धरान स्थापना दिवस कार्यक्रमकाे उद्घाटनमा पुगे, प्रधानमन्त्री शेरबहादुर देउवा। दिवसका अवसरमा धरान उपमहानगरपालिकाले सार्वजनिक बिदा नै दिएकाे थियाे। जब प्रधानमन्त्री देउवा 'धरान डे' कार्यक्रमलाई सम्बोधन गर्न पब्लिक हाई स्कुलको मञ्चमा उक्लिए । मञ्च अगाडि फरक दृश्य देखियो।

एउटा हातमा नेपालको झण्डा अनि अर्को हातमा प्ले कार्ड। झण्डामा लेखिएको थियो-  शुम्भ रक्षक नै निशुम्भ भक्षक अनि प्ले कार्डमा ‘गुम्नेछ नेपाल आमा’ शीर्षकको कविता । त्यही कविताको एक लाइनमा थियो ‘नो एमसीसी’ 

कवितामा लेखिएको थियो 

हे धर्ती माँ सुपुत्र गतिलो बिर्स्यौ कि जन्माउन ?
एमसीसीले तान्दा ती फरिया, ताली झोले ठोक्नेछन् ।।
कानुन नै निब बेच्छ कलमको, न्याय त्यहाँ मर्दछ ।
रक्षक नै छ विदेशी भतुवा, दासत्व स्वीकार्दछ ।।
देशभन्दा ठूलो पार्टी देख्ने, अन्ध दृष्टि फुटाऊ ।
स्वयं आफ्नै चुरासारी, कुलाङ्गारलाई घेराउ ।।
तिम्रा पुत्र रिपु भगत भए, पिउँछन् तिम्रै रक्त ।
छाती तिम्रा परेड खेल्न, आउँछन् विदेशी धूर्त ।।
अर्काकै भरमा चल्छौ यदि भने, के काम तिम्रो यहाँ ?
आर्यघाट बल्दा चिता दनदनी, चित्कार सुन्नु त्यहाँ ।।
बालुवाटार लम्पसार भए, बिक्री गरे सब गरिमा।
न गानधारी बन न धृत राष्ट्र, गुम्नेछ नेपाल आमा।।

कपाल सेतै फुलेका, उमेरले पाको देखिने ती व्यक्ति हुन् धरान  उपमहानगरपालिका-७ का बासु चालिसे । ६६ वर्षीय चालिसे अमेरिकाले नेपाललाई दिने मिलेनियम च्यालेन्ज कर्पोरेशन अनुदान (एमसीसी)  संसदबाट पास गर्न नहुने भन्दै विरोधमा आएका हुन्। 

एमसीसी देशको हितविपरीत रहेको भन्दै उनले देश निर्माणमा लागेका रक्षक नै भक्षक भएको र जनता जाग्नुपर्ने बताए ।

एमसीसीको विषय बाहिर आएदेखि करिब डेढ वर्ष अगाडिदेखि उनी झण्डा र कविता लेखिएको प्ले कार्ड लिएर हिँडिरहेका हुन् । झण्डाको अर्को पट्टी राहु र केतु लेखिएको छ। जसको अर्थ चन्द्रमा र सूर्यमा ग्रहण लागि सक्यो भन्दै देशलाई जोगाउनु पर्ने चालिसे बताउँछन्।

तर, उनले प्रधानमन्त्री देउवालाई देखाउन लागेकाे प्लेकार्ड र झण्डा सुरक्षाकर्मीले खोसेका थिए। उनी यसअघि नेपाल बैंकमा जागिरे थिए। न्युज काखाना

Skip This
Skip This
Logo