बिहीबारका लागि तय प्रतिनिधिसभाको बैठक स्थगित

बिहीबारका लागि तय प्रतिनिधिसभाको बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको बिहीबार बस्ने गरी तय भएको बैठक विशेष कारणवश स्थगित भएको छ। भोलि दिउँसो १ बजे बस्ने तय भएको बैठक पुस २८ गते बुधबारसम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ। 

सङ्घीय संसदका महासचिव डा भरतराज गौतमले आज जारी गरेको सूचनामा प्रतिनिधिसभा नियमावली २०७५ को नियम(६) को उपनियम (३)  बमोजिम प्रतिनिधिसभाको अर्को बैठक पुस २८ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ। 

Logo