‘देउवाकै नेतृत्वमा चुनाव, एमालेलाई एक सिट पनि जित्न नदिने’

‘देउवाकै नेतृत्वमा चुनाव, एमालेलाई एक सिट पनि जित्न नदिने’


नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादवले वर्तमान सरकारले नै आगामी निर्वाचन गराउने बताएका छन् । 

काठमाडौंमा बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उनले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वकै सरकारले आगामी निर्वाचन गराउने बताएका हुन् । 

आगामी निर्वाचनसम्म सत्तारुढ गठबन्धन रहने बताउँदै उनले चुनावमा एमालेलाई एक सिट पनि जित्न नदिने दाबी गरे । 

‘अब हुने निर्वाचन देउवाकै नेतृत्वमा हुन्छ । हामी पाँच दलीय गठबन्धनलाई साथ लिएर आगामी निर्वाचनमा जान्छौं, र प्रतिगमनलाई पुरै परास्त गर्छौं। हामी एमालेलाई देशभरि एउटा पनि सिट जित्न दिँदैनौँ,’ उनले भने । 

साथै देउवाले पार्टीभित्र पनि सबैलाई मिलाएर अघि बढ्ने उनको यादवको भनाइ छ। 

Logo