पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालको कृषि, जलविद्युत र पर्यटन क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका छन्।
पूर्वराष्ट्रपति यादवले नेपालको भूबनावट नै कृषि, जलविद्युत र पर्यटन क्षेत्रको विकासका लागि अनुकूल रहेको उल्लेख गर्दै सोही क्षेत्रमा लगानी गरेर सहज ढंगले प्रतिफल लिन गैरआवासीय नेपालीहरुलाई अनुरोध गरेका हुन्। बुधबार आइडिया फर नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालको स्रोतआधार अनुसारको क्षेत्रमा लगानी गर्दा उपयुक्त हुने बताए।
पूर्वराष्ट्रपति यादवले नेपालको प्रकृतिमैत्री क्षेत्रमा लगानी गरेर नेपालीहरुलाई स्वदेशमै रोजगार बनाउन सहयोग गरिरहेको भन्दै आइडिया फर नेपालको पनि प्रशंसा गरे।
पूर्वराष्ट्रपति डा. यादवले भने,‘नेपाल सुन्दर देश छ। तपाईंहरुले गरिरहेको काम सह्रानीय छ। तपाईंहरुले सारा नेपालीहरुलाई जोडेर, गैरआवासीय नेपालीहरुलाई जोडेर आफ्नो ज्ञान, सीप, पूँजी कसरी नेपालमा आएर केही गरौँ भनेर जुन पवित्र भावनाले काम गर्नुभएको छ। त्यो सह्रानीय छ। नेपालमा लगानी गर्न आउनुहुन्छ भने नेपालको भूगोल, भू–बनावट र यहाँको प्रकृतिमैत्री काम तपाईंहरुले के छ भनेर चिन्ता गर्नुहोस्। प्रकृतिमैत्री कामहरुमा लगानी गरेर पैसा आर्जन गर्नुहोस्। तर यहाँ कुन काम लगाउने, त्यो हाम्रो प्रकृतिमैत्री र हाम्रो सोर्स बेस हाम्रो एग्रिकल्चर, हाइड्रो पावर, टुरिजम यस्ता कुरामा धेरै सम्भावना छ।’
त्यस अवसरमा पूर्वराष्ट्रपति यादवले प्रकृतिमैत्री क्षेत्रमा लगानी गर्दा वातावरणमा समेत प्रतिकूल असर नपर्ने बताए।
कृषि, जलविद्युत र पर्यटन क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई पूर्वराष्ट्रपतिको आग्रह
कृषि, जलविद्युत र पर्यटन क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई पूर्वराष्ट्रपतिको आग्रह
Posted by Kendrabindu – केन्द्रबिन्दु on Wednesday, 5 January 2022





























प्रतिक्रिया