एमाले अधिवेशन : ७० मत खसाल्न तीन घण्टा, सबै मत खस्न तीन दिन लाग्ने !

एमाले अधिवेशन : ७० मत खसाल्न तीन घण्टा, सबै मत खस्न तीन दिन लाग्ने !

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले अछामको आठौँ अधिवेशनमा मतदान प्रक्रियामा निकै ढिला भएको छ। बिहान ९ बजे सुरू भएको मतदानमा तीन घन्टामा ७० मत मात्रै खसेको मतदान अधिकृत कृष्णप्रसाद ढुंगानाले जानकारी दिए। 

बिहान ९ बजेदेखि लाइन लागे पनि मतदान गर्न सकस भएको मतदता सीता कुँवरले बताइन्। आयोजक कमिटीले मतदानस्थल व्यवस्थित नबनाएका कारण ढिलाइ भएको मतदाताहरूको गुनासो छ। 

यहि गतिमा मतदान भए सबै मतदाताले मतदान गर्न तीन दिन लाग्नेछ। मतदान प्रक्रियालाई चाँडो गर्न भन्दै नेकपा एमालेका केन्द्रीय सदस्य अछाम जिल्ला इन्चार्ज झपट बोहरा, अध्यक्षका उम्मेदवार प्रकाश शाह, चन्द्र बोहरा मतदान स्थलमै पुगेका छन्। 

Skip This
Skip This
Logo