प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरुले आज पनि बिरोध प्रदर्शन गरेका छन् ।
बिहीवार सर्वोच्च अदालत बार परिसरमा नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशन, विशेष अदालत बार एशोसिएशन लगायतका पदाधिकारी तथा कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बिरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा नदिँदा न्याय सम्पादनका साथै कर्मचारीहरुको वृत्ति विकासमा, न्यायाधीशहरुको सरुवाका कामहरु रोकिएको बताए । उनले प्रधानन्यायाधीश जबराले राजीनामा दिएसँगै न्यायपालिकामा बारले बुझाएको प्रतिवेदनअनुसार काम गर्ने बाटो खुल्ने बताए।
त्यस्तै विशेष अदालत बार एशोसिएनका अध्यक्ष तथा अधिवक्ता चुडामणि पौडेलले प्रधानन्यायाधीश जबराले राजीनामा नदिँदा केही जिल्लाहरुमा जबरालाई देखाएर आफ्नो स्वार्थपूर्ति गर्न थालेको बताए। उनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म नेपाल बारले यो आन्दोलनलाई सशक्त बनाउँदै जाने पनि बताएका छन्।
अध्यक्ष पौडेलले नेपाल बारले उठाएको यो आन्दोलन न्याय, आम न्यायप्रेमी जनता र आम सेवाग्राहीहरुको पक्षमा भएकोले आन्दोलनलाई अन्तिम निस्कर्षमा पुर्याएपछि मात्रै नेपाल बारले विश्राम लिने बताए। कोरोना महामारीको अवस्थालाई मध्यनजर गरि कानून व्यवसायीहरुले २५ जना मात्रै भेला भएर सो आन्दोलन जारी राखेका हुन्।





























प्रतिक्रिया