नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को स्वास्थ्य अवस्थामा सुधार आएको छ।
प्रचण्डको सचिवालयमा समेत रहेकी प्रचण्ड पुत्री गंगा दाहालले बुवाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले कोभिड-१९ कुनै लक्षण नभएको उल्लेख गरेकी छन्।
चिकित्सकको सल्लाह अनुसार अबको दुई दिनमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ नदेखिएसम्म आइसोलेसनमै बस्ने उनले बताएकी छन् ।
माओवादी केन्द्रको सम्मेलनमा व्यस्त बनेका प्रचण्डलाई सम्मेलन सकिएको केही दिनमा कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि उनी होम आइसोलेसनमा रहेका छन् । माओवादी केन्द्रका अन्य नेताहरूमा पनि काेराेना देखिएकाे छ।































प्रतिक्रिया