प्रचण्डलाई प्रमुख अतिथि नबनाएपछि प्रेस सेन्टरका सदस्यद्वारा महासंघको बैठक बहिष्कार

प्रचण्डलाई प्रमुख अतिथि नबनाएपछि प्रेस सेन्टरका सदस्यद्वारा महासंघको बैठक बहिष्कार

केन्द्रबिन्दु
0
Shares

मिडिया अवार्ड वितरणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथि नबनाएको भन्दै प्रेस सेन्टरसम्बद्ध सदस्यहरू नेपाल पत्रकार महासंघको बैठक छोडेर बाहिरिएका छन्। 

कपिलवस्तुको तिलौराकोटमा शुक्रबार बिहानबाट सुरु भएको बैठकबाट प्रेस सेन्टरसम्बद्ध केही सदस्यहरू बाहिरिएका हुन्। मिडिया अवार्ड वितरण कार्यक्रममा महासंघका अध्यक्ष बिपुल पोखरेल आफू मात्रै सहभागी भएकोले त्यसको प्रतिशोधमा महासचिव रोशन पुरीको योजनामा प्रेस सेन्टर सम्बद्ध सदस्यहरू बैठक छोडेर बाहिरिएका हुन्। 

महासचिव पुरीले बैठक सञ्चालन गरिरहँदा सेन्टर निकट सदस्यहरू बाहिरिँदा पनि कुनै रुलिङ नगरी उनीहरूप्रति सद्भाव देखाएको एक केन्द्रीय सदस्यले बताए। 

बैठकको प्रक्रिया सुरु नहुँदै महासचिवको योजनामा सेन्टर निकट सदस्यहरू बोलेर बाहिरिएका थिए। महासचिवले बहिष्कारका नाममा  बैठक पूर्व नै सेन्टर निकट सदस्यहरूलाई बाहिर पठाएर महासंघले गठन गर्न लागेको विभिन्न विभागहरूमा बार्गेनिङ गर्ने रणतीति बनाएको बुझिएको छ। 

असन्तुष्टिका कुराहरू बैठकमै राख्नुको सट्टा बैठक सुरु नहुँदै बाहिर निस्कनु अमर्यादित काम भएको लेखा समिति सदस्य मुकुन्द भन्डारीले बैठकमै बताएका थिए। 

यस्तै केन्द्रीय सदस्य रमेश खतिवडाले बैठक बिधानसम्मत चल्नुपर्ने बताएका थिए। बैठक नियमित रुपमा सञ्चालनका लागि पदाधिकारीहरू छलफलमा जुटेका छन् ।

Logo