नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको कार्यालयका सचिव एवं सूचना अधिकारी केशव रिजालले जानकारी दिए।
गत बिहीबारदेखि सुरु भएको बैठकमा अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन सम्पन्न गराउने र म्याद सकिएका भातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन छिट्टै गराउने सम्बन्धमा छलफल भइरहेको छ।
सूचना अधिकारी रिजालका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समिति सदस्यहरूले धारणा राखिसकेका छन्। उनले भने, ‘बैठकमा सदस्यहरूले धारणा राखि सक्नु भयो अब पदाधिकारीले मात्रै बोल्न बाँकी छ।’ पदाधिकारीले बोल्ने क्रम सकेर आजै बैठक सक्ने कांग्रेसको तयारी छ।
बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावका सम्बन्धमा पनि छलफल गर्ने जनाइएको छ। साथै बैठकको एजेन्डाबाहिर रहेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) समर्थन गर्ने संस्थागत धारणा पनि सार्वजनिक गरिसकेको छ।





























प्रतिक्रिया