एक करोड ७९ लाख मतदाता, करिव २५ लाख थपिए

एक करोड ७९ लाख मतदाता, करिव २५ लाख थपिए

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एक करोड ७९ लाख मतदाता रहने जनाएको छ । आयोगले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार २०७९ वैशाख २९ गतेलाई १८ वर्ष उमेर पुग्ने दिनलाई निर्दिष्ट मिति मान्दा एक करोड ७९ लाख मतदाता कायम हुने अनुमान छ ।  

आयोगले यसअघि २०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९३८ जना मतदाता कायम गरेको थियो । 

२०७७ पुस ५ गतेसम्म आइपुग्दा देशभर मतदाताको संख्या १ करोड ६२ लाख ४३ हजार ११० जना पुगेको थियो । 

अघिल्लो स्थानीय तह निर्वाचनमा भन्दा २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा २४ लाख ७२ हजार ६२ मतदाता थपिने अनुमान छ ।

Logo