भोलि हुने प्रचण्ड–माधव पक्षको आम–हड्तालमा के चल्ने ? के नचल्ने ? (विज्ञप्तिसहित)

भोलि हुने प्रचण्ड–माधव पक्षको आम–हड्तालमा के चल्ने ? के नचल्ने ? (विज्ञप्तिसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

भोलि नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले संवैधानिक निकायमा गरेको नियुक्तिका विरुद्व आम–हड्ताल गर्दैछ । नेकपाले एक विज्ञप्ति जारी गर्दै हड्तालमा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने स्पष्ट पारेको छ । यस्तै विद्यार्थीहरुको परीक्षा सञ्चालनमा पनि कुनै अवरोध हुने छैन ।

तर यातायत, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था भने बन्द हुनेछन् । नेकपा प्रचण्ड–नेपाल समूहले आज गरेको पत्रकार सम्मेलनमा सरकारले असंवैधानिक र गैरकानूनी रुपमा संवैधानिक निकायका पदाधिकारी नियुक्तीको विरोधमा बिहिबार देशव्यापी आमहड्ताल आव्हान गरेको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान र लोकतन्त्रको रक्षाका लागि बाध्य भएर आफूहरुले आमहड्ताल आव्हान गर्नुपरेको बताए । सरकारको प्रतिगमनकारी कदम विरुद्ध आन्दोलनरत रहेकै बेला असंवैधानिक र गैरकानूनी ढंगले संवैधानिक परिषद्का पदाधिकारी र सदस्यलाई नियुक्त गर्ने प्रक्रिया अघि बढाएपछि जनतालाई असहज हुने कार्य गर्न आफुहरु बाध्य भएको उनले स्पष्ट पारे ।

उनले भने, “सरकारको प्रतिगमनकारी कदम विरुद्ध संविधान र लोकतन्त्रको रक्षाका लागि शान्तिपुर्ण आन्दोलनरत रहेकै बेला असंवैधानिक ढंगले, गैरकानूनी ढंगले लोकतान्त्रिक मुल्य मान्यता र नजिरहरुलाई पूरै उपेक्षा गरेर संवैधानिक परिषद्का पदाधिकारी र सदस्यलाई नियुक्त गर्ने प्रक्रिया अगाडि बढाएपछि हामीले आमहड्ताल कार्यक्रम बाध्यात्मक रुपमा आव्हान गरेका हौं ।”

प्रवक्ता श्रेष्ठले आमहड्तालबाट सर्वसाधरणमा पर्ने समस्याप्रति पार्टीको तर्फबाट क्षमायाचना पनि गरे । उनले आमहड्ताल र आगामी आन्दोलन पनि शान्तिपुर्ण हुने प्रतिवद्धता जनाए ।

पत्रकार सम्मेलनमा विप्लब समुहसँग सरकारले अघि बढाएको वार्ताका सम्बन्धमा राखिएको जिज्ञासामा उनले पार्टीले त्यसलाई इमान्दार पहलकदमीको रुपमा नलिएको प्रतिक्रिया दिए ।

Logo