माधव नेपालसँगकाे भेटमा प्रचण्डले भने, ‘गठबन्धनको भविष्य ५ बजे तय हुन्छ’

माधव नेपालसँगकाे भेटमा प्रचण्डले भने, ‘गठबन्धनको भविष्य ५ बजे तय हुन्छ’

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ गठबन्धन रहने वा नरहने भन्ने विषयमा बिहीबार बेलुकी ५ बजे बस्ने बैठकले निर्क्याैल गर्ने नेताहरूले बताएका छन्।

गठबन्धनआवद्ध दल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालबीचको छलफलपछि शीर्ष नेताहरूले बिहीबार बेलुकी ५ बजे बस्ने गठबन्धनको बैठकले आफ्नो भविष्य निर्धारण गर्ने बताएका हुन्। 

माधवकुमारसँगको भेटपछि प्रचण्डले ५ बजे बस्ने बैठकले गठबन्धन रहने वा नरहने निक्र्याेल हुने बताएका हुन्। ‘गठबन्धनको भविष्य आज ५ बजे बस्ने बैठकले तय गर्छ,’ उनले भने । 

आफूहरू गठबन्धन जोगाउने पक्षमा रहेका बताएका प्रचण्डले सोहीअनुसार बैठकमा प्रस्तुत हुने बताए। एमसीसीलगायतका विषयमा साझा धारणा बनाउन गठबन्धनको बैठक बस्न लागेको उनले बताए। 

फाइल फाेटाे

Logo