सत्तारुढ गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक पाँच बजेपछि सुरु भएको छ । गठबन्धनको बैठकले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी बारे निर्णय लिने बताइएको छ ।
बैठकमा कांग्रेसका तर्फबाट प्रधामन्त्री एवं सभापति शेरबहादुर देउवा, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा, प्रवक्ता प्रकाशशरण महत, नेताहरू ज्ञानेन्द्र बहादुर कार्की, सहभागी छन् ।
यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, जसपाबाट संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ बैठकमा सहभागी छन् ।
प्रधानमन्त्री देउवालेएमसीसी पास गर्ने अडानमा छन् । प्रमुख सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी संसदमा टेबल गर्ने नदिने पक्षमा छन् । एमसीसीलाई कसरी अगाडी बढाउने भन्नेबारे आजको बैठकले निष्कर्ष निकाल्ने विश्वास लिइएको छ ।





























प्रतिक्रिया