सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीबारे गठबन्धनका नेताहरूबीच गम्भीर छलफल भएको बताएका छन्। बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसीका विषयमा गम्भीर छलफल भएको उनले बताए।
बहस अझै जारी नै रहने भएकाले भोलि पुनः यस विषयमा छलफल हुने उनकाे भनाइ छ। ‘आज गम्भीर विषयमा गम्भीर छलफल भयो। भोलि बिहान १० बजे पुन: बैठक बस्नेछ,’ उनले भने ।
उनले बैठकमा संसद्लाई कसरी सुचारु गर्ने, एमसीसीलाई सार्वभौम संसदमा कसरी निष्कर्षमा पुर्याउने भन्नेबारे छलफल भएको बताए। उनले १६ गतेसम्म एमसीसीलाई निष्कर्षमा पुर्याउने गरि छलफल हुने बताएका छन्।





























प्रतिक्रिया