संसद् बैठक आज बस्दै, एमसीसी परेन कार्यसूचीमा

संसद् बैठक आज बस्दै, एमसीसी परेन कार्यसूचीमा

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दशौँ अधिवेशनको पाँचौँ बैठक बस्न लागेको हो।

संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने तय भएकाे छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व. २०७७/०७८ पेस गर्ने सम्भावित कार्यसूची छ।

आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गर्ने चर्चा छ। तर, संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी परेको छैन। 

लामो समयदेखि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले संसद् बैठक अवरुद्ध गर्दै आएका छन्।

Logo