कार्य व्यवस्था परामर्श समितिको बैठक एमालेद्वारा बहिस्कार

कार्य व्यवस्था परामर्श समितिको बैठक एमालेद्वारा बहिस्कार

केन्द्रबिन्दु
0
Shares

संघीय संसद, प्रतिनिधि सभा कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद् भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बैठक जारी रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी संसदमा टेबुल गर्ने कि नगर्ने भन्ने विषयमा सभामुख सापकोटाले आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

बैठकमा एमाले भने सहभागी छैन । आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ ।

Logo