इ-पासपोर्ट वितरण सुरु

इ-पासपोर्ट वितरण सुरु

केन्द्रबिन्दु
0
Shares

जिल्ला प्रशासन कार्यालयले इ-पासपोर्ट विद्युतीय राहदानी वितरण  सेवा थालनी गरेको छ ।

 राहदानी विभाग काठमाडौंबाट पहिलोपटक १५६ सेवाग्राहीको इ-पासपोर्ट छापिएर आएपछि  सो सेवा सुरु गरेको प्रमुख अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार तीन  सेवाग्राहीलाई इ-पासपोर्ट प्रदान गरी कार्यक्रमको सुरुआत गरिएको हो ।

इ–पासपोर्ट छापिएर आएका अन्य सेवाग्राहीले पनि कार्यालयमा आएर आ–आफ्नो पासपोर्ट लिन सक्ने  र आवेदन पेश भएको १५ दिनभित्र सेवाग्राहीलाई इ–पासपोर्ट वितरण उपलब्ध गराइने उहाँले बताउनुभयो । लामो समयसम्म प्रयोगमा रहेको हस्तलिखित पासपोर्टलाई विस्थापित गरेर एमआरपी लागू गरेको राहदानी विभागले करिब ११ वर्ष पछि इ–पासपोर्ट प्रयोगमा ल्याएको छ । विभागले दिने राहदानीमा विद्युतीय चाप हुने र यसमा सम्बन्धित व्यक्तिका विवरण समाविष्ट हुने कार्यालयले जनाएको छ । 

एमआरपीका तुलनामा इ-पासपोर्ट बढी विश्वसनीय र सुरक्षित हुने जनाइएको छ । जिल्लाबाटै सो सेवा पाइने भएपछि सेवाग्राहीलाई काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । साथै धेरै समय पर्खिनुपर्ने बाध्यता पनि हटेको छ ।
 

Logo