प्रतिनिधि सभा बैठक सुरु भएको ५ मिनेट नबित्दै सकियो

प्रतिनिधि सभा बैठक सुरु भएको ५ मिनेट नबित्दै सकियो

केन्द्रबिन्दु
0
Shares

एमाले सांसदको नाराबाजी भइरहँदा शुक्रबार पनि प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश गरेको छ। 

बैठक सुरु भएलगत्तै एमालेका सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेपछि सभामुख सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका हुन् । सभामुख सापकोटाले कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्न समय दिएका हुन् । मन्त्री बडूले प्रतिवेदन बैठकसमक्ष पेस गरे ।

यसपछि सभामुख सापकाेटाले आउँदाे आइतबार दिउँसाे १ बजे  बस्ने गरी बैठक स्थगित गरेकाे जानकारी दिए ।  

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै विरोधमा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर लगातार एमाले सांसदले संसदमा नाराबाजी गर्दै आएका छन् । 

Logo