एमसीसीबारे प्रधानमन्त्रीले राखेको धारणा नै मेरो धारण हो : मन्त्री झाँक्री

एमसीसीबारे प्रधानमन्त्रीले राखेको धारणा नै मेरो धारण हो : मन्त्री झाँक्री

केन्द्रबिन्दु
0
Shares

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले प्रधानमन्त्रीको एमसीसीको धारणा मन्त्रिपरिषद् सदस्य रहुन्जेलसम्म आफ्नो पनि धारणा भएको बताएकी छन् । सरकामा आफू मन्त्रिपरिषद्को सदस्य रहेकाले आफूले प्रधानमन्त्रीले राखेको धारणाभन्दा बाहिरको धारणा राख्न उपयुक्त नहुने बताइन् । 

शुक्रवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री झाँक्रीले गठबन्धनक राजनीतिक प्रणालीको रक्षाको लागि चाहेर वा नचाहेर बनेको समेत बताइन् । उनले एमसीसी जस्ता विषयहरु नेपालको आन्तरिक राजनीतिमा किचलो गर्नका लागि ल्याइएको बताउदै वर्तमान सत्ता गठबन्धन राजनीतिक बाध्यताको उपज भएको तर्क गरिन् ।    

मन्त्री झाँक्रीले भनिन्, ‘नेपालमा पछिल्लो गठबन्धन एउटा बाध्यताको उपज हो । यसले एउटा लोकतान्त्रिक व्यवस्थाभित्र राजनीतिक प्रणाली स्थापित गर्यौं, त्यसको रक्षाका लागि चाहेर वा नचाहेर बनेको गठबन्धन हो ।’ अरु यस्ता एमसीसी लगायतका विषयहरु थिए, ती पहिलादेखिका सरकारले सिर्जना गरेको हो दायित्व हो । त्यसमा अन्तर्राष्ट्रिय कमिटमेण्टहरु छन् नेपालको तर्फबाट। प्रधानमन्त्री को भयो, अर्थमन्त्री को भयो, योजना आयोगको उपाध्यक्ष को भयो ? त्यसले धेरै कुराको निर्धारण गर्दैन। यसको दायित्व नेपाल सरकारले लिनुपर्ने हुन्छ ।’  

सत्तारुढ दलकै कार्यकर्ताले बाले काठमाडौंको सडकमा आगो

मिलेनियम च्यालेन्न्ज कर्पाेरेसन (एमसीसी) नेपालले स्वीकार्न नहुने भन्दै देशभर विरोध भइरहेको छ। पछिल्लो केही दिनयता काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनिरहेको छ। 

सत्तारुढ दल माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का भ्रातृ संगठनकै अगुवाइमा एमसीसीको विरोध प्रदर्शन भइरहेको छ।

शुक्रबार दिउँसो पनि उनीहरूले सडकमै टायर बालेर विरोध प्रदर्शन गरेका छन्। 

Logo