गठबन्धन टुट्नु अहिलेको आवश्यकता हो : योगेश भट्टराई

गठबन्धन टुट्नु अहिलेको आवश्यकता हो : योगेश भट्टराई

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले वर्तमान सत्तारुढ गठबन्धन टुट्नु उत्तम रहेको बताएका छन् । गठबन्धन अप्राकृतिक रुपमा जोडिएको र यसको जग जग कमजोर भएकाले यो टुट्नु अनिवार्य रहेको बताए । 

उनले गठबन्धन टुटेको खण्डमा नेपालको संविधानको धारा ७६ प्रभावित हुने भएकाले सो धारा अनुसार एमालेको भुमिका कहाँ हुन्छ सोही अनुसार भुमिका निर्वाह गरीने तर्क दिए । 

उनले भने ‘अहिले सरकार एमालेको प्राथमिकता होइन । एमालेको प्राथमिकता चुनाव हो । वैशाख ३० गतेको चुनाव र आउने संघ र प्रदेशको चुनाव एमालेको प्राथमिकता हो । एमालेको प्राथमिकता सत्ता गठबन्धन होइन, प्रधानमन्त्री, मन्त्री होइन । यो गठबन्धन जे उद्देश्यले बनेको थियो, यसको जग बलियो थिएन ।’ 

उनले गठबन्धन अप्राकृतिक ढंगले मात्रै जोडिएकाले यो टुट्नु अनिवार्य भएको उनको व्याख्या गरे ।  

Logo