मन मिलेन भने गठबन्धन आवश्यक छैन : गगन थापा

मन मिलेन भने गठबन्धन आवश्यक छैन : गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तारुढ राजनीतिक दलहरुका बिचमा कुराकानी नमिलेमा गठबन्धन नचल्ने बताएका छन् । उनले मन तथा कुराकानी नमिले गठबन्धन पनि  भइराख्न जरुरी नरहेको बताए । 

नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि एमसीसीलाई संसदमा टेबुल गरी आ–आफ्नो मत प्रकट गर्ने कुरामा जोड दिदै उनले एक ठाउँमा उभिन नसक्दा सरकारका काममा बाधा आउने भएकाले एमसीसी टेबल गरेर आ-आफ्नो ठाउँमा मतदान गर्ने जोड दिए ।  

उनले भने, ‘गठबन्धन हाम्रो बिचमा कुराकानी मिलेर बन्यो । हाम्रो बिचमा कुराकानी मिलिरहे गठबन्धन चलिराख्छ । हाम्रो बिचमा कुराकानी मिलेन भने गठबन्धन चल्दैन् । कुराकानी मिलेन भने देश चलाउँन समस्या हुन्छ । हामी फरक फरक राजनीतिक दलहरु हौँ । हामी फरक-फरक दलहरु भएको कारणले हाम्रो बिचमा गठबन्धन हुनका लागि त केही कुराकानी मिल्नुपर्छ ।’

उनले एमसीसी नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयताको कुरा भएकाले यसलाई अल्झाउनु नहुने बताए । 

Logo