पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

देशमा कुनै उल्लेखनीय प्रणाली छैन । बिहान तराईका थोरै भूभागमा हुस्सुर-कुहिरो लागेको छ ।

दिउँसो पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपात हुनसक्ने मौसम पूर्वानुमान महाशाखाको आँकलन छ ।

आइतबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

सोमबार पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

Logo