हिजोसम्म सीमित घेराभित्र थियौं, अब खुल्ला छौं: कमल थापा

हिजोसम्म सीमित घेराभित्र थियौं, अब खुल्ला छौं: कमल थापा

केन्द्रबिन्दु
0
Shares

राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको मागअनुसार राप्रपा नेपाल स्थापना भएको बताएका छन्। काठमाडौंमा शनिवार आयोजित घोषणा सभाका क्रममा उनले देशमा राष्ट्रवादी पार्टीको आवश्यकता पूरा गर्न राप्रपा आएको जनाए।

सो क्रममा उनले अब राप्रपा नेपाल प्रजातान्त्रिक शक्तिका रुपमा रहने पनि बताए। यस्तै उनले राष्ट्रवादी, सनतात धर्म र साँस्कृतिप्रति कटिबद्ध शक्तिका रुपमासमेत राप्रपाले आफूलाई ढाल्ने बताए । सोही कार्यक्रममा उनले भने, ‘नेपाली जनताको ठूला चाहना छैनन् । उनीहरूको चाहना भनेको दुई छाक खाने, एक सरो लगाउन, बिरामी हुँदा सहजै उपचार र छोराछोरीलाई स्तरीय शिक्षा दिने हो ।’ यी आधारभुत आवश्यकतामा समेत अन्य पार्टीले चासो नदिएको उनको आरोप छ। अब राप्रपा नेपालले यिनै विषयलाई प्राथमिकतामा राख्ने उनले बताए। उनले यसअघि देशभरबाट जम्मा आठ प्रतिशत मत ल्याएकोमा अब ९४ प्रतिशतको दलका रुपमा राप्रपा जानुपर्ने पनि बताए। 

उनले राप्रपा नेपालमा नयाँ पुराना सबै सहयात्री साथीहरूलाई स्वागत गरिने पनि बताए। उनले भने, ‘हामी राष्ट्रवादी शक्तिका रुपमा रहन्छौँ। हाम्रो भविष्य उज्जल छ। यो पार्टी युवाहरूको हुनेछ। सोही अनुसार पार्टीमा अधिकांश युवा छन्।’ उनले हिजोसम्म सिमित घेरामा रहेको र अब ति सबै सीमा तोडेको पनि उनले बताए।

Logo