बैठक सुरु अगाडि नै प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ बानेश्वरस्थित संसद भवन पुगेका छन् । संसद बैठक १ बजेका लागि बोलाइएको छ तर त्यसअघि नै देउवा संसद भवन पुगेका हुन् ।
हाल प्रतिनिधिसभा अन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । यसले प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्नेछ ।
यसअघि बसेको सत्तारुढ गठबन्धनको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव तिनिधिसभा बैठकमा पेस गर्ने निर्णय गरेको थियो ।
हाल विभिन्न दलहरुले एमसीसी टेबल गर्न नदिने भन्दै सडकमा प्रदर्शन गरिरहेका छन् ।































प्रतिक्रिया