प्रतिनिधिसभामा बैठक सुरु

प्रतिनिधिसभामा बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा बैठक सुरु भएको छ । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी कायम राखेका छन् । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसद रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् ।

तर, एमाले सांसद भीम रावलले एमसीसी पेस गर्न लागिएकोमा विरोध जनाएका छन् । यसअघि माओवादी प्रमुख सचेतक देव गुरुङले पनि सर्वदलीय सहमतिमा एमसीसीबारे निर्णय गर्नुपर्ने बताएका थिए । 

एमालेले माधवकुमार नेपालसहित १४ जना गरेको कारबाहीअनुसार सांंसदबाट पदमुक्त गर्न माग गर्दै २३ भदौबाट संसद अवरुद्ध गर्दै आएको छ । प्रतिनिधिसभा बैठकको सार्वजनिक कार्यसूचीमा एमसीसीलाई समेटिएको छ ।  

निकै विवादित एमसीसी सम्झौता प्रतिनिधिसभामा पेस हुने भएको छ । प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गर्न लागिएको हो । कार्यसूचीको तेस्रो बुँदामा एमसीसी प्रस्तुत गर्ने उल्लेख गरिएको छ । 

 

Skip This
Skip This
Logo