दुई घण्टाअघि नै संसद् भवन पुग्न आफ्ना सांसदलाई कांग्रेसको ह्विप

दुई घण्टाअघि नै संसद् भवन पुग्न आफ्ना सांसदलाई कांग्रेसको ह्विप

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ नेपाली कांग्रेसले आफ्ना पार्टीका सांसदलाई आइतबार बिहान ११ बजेभित्रै संसद् भवनमा पुग्न निर्देशन दिएको थियो। तर, अहिले पनि सांसदहरू आउने क्रम चलिरहेको छ। 

आइतबार दिउँसो १ बस्ने प्रतिनिधिसभा बैठकमा सहभागी हुनु दुई घण्टाअघि नै बैठकमा उपस्थित हुन ह्विप जारी गरेको हो। निर्देशनअनुसार कांग्रेसका धेरैजसो सांसद नयाँ बानेश्वरस्थित संसद् भवन पुगिसकेका छन्। 

संसदीय दलको कार्यालयले आफूहरुलाई बिहानै संसद् भवनमा पुग्न निर्देशन दिएको सांसद लक्ष्मी परियारले जानकारी दिइन्।

Logo